Section 70
जानकारी दिनुपर्ने
धितोपत्र व्यवसायीले देहायका कुनै अवस्थामा सो भएको मितिले सात दिनभित्र बोर्डलाई सोको लिखित सूचना दिनु पर्नेछः– (क) अनुमतिपत्रमा उल्लेख भए बमोजिमको धितोपत्र व्यवसाय गर्न छोडेमा, (ख) कुनै आधिकारिक प्रतिनिधिले प्रतिनिधिको रुपमा कार्य गर्न छोडेमा, (ग) दफा ६८ बमोजिम खडा गरिएको दर्ता किताबमा उल्लिखित कुनै विवरणहरुमा हेरफेर भएमा ।